नियम ५१
वार्षिक प्रतिवेदनमा खुलाउनु पर्ने विवरण
इजाजतपत्रवालाले ऐनको दफा ८० को उपदफा (२) बमोजिम पेश गर्ने वार्षिक प्रतिवेदनमा अन्य कुराको अतिरिक्त इजाजतपत्रवालाले वर्षभरीमा वैदेशिक रोजगारीमा पठाएको कामदारको संख्या र अवस्था, पूर्वस्वीकृति र श्रम स्वीकृति सम्बन्धी विवरण, शाखा कार्यालय र प्रतिनिधि (एजेन्ट) को विवरण, कामदारबाट सेवा शुल्क वा प्रवद्र्धन खर्च बापत लिएको रकम र वैदेशिक रोजगारका सम्बन्धमा भविष्यमा गरिनु पर्ने सुधारको विवरण उल्लेख गर्नु पर्नेछ ।