दफा ३८
वार्षिक प्रतिवेदन
: (१) आयोगले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र आफूले गरेको काम कारबाही सम्बन्धी प्रतिवेदन तयार गरी मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदनमा अन्य कुराका अतिरिक्त आयोगले वर्षभरिमा सञ्चालन गरेको कार्यक्रम, प्राप्त गरेको रकम, कार्यक्रम सञ्चालन गर्दा हुन गएको लागत, कार्यक्रमबाट भएको उपलब्धि तथा भविष्यमा गर्नु पर्ने सुधार समेतका कुराहरू समावेश गर्नु पर्नेछ ।
(३) आयोगले उपदफा (१) बमोजिम पेश गरिएको प्रतिवेदन सर्वसाधारणको जानकारीको लागि सार्वजनिक रूपमा प्रकाशन गर्नु पर्नेछ ।
(४) अनुमतिपत्र प्राप्त व्यक्तिले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र लेखा परीक्षणको प्रतिवेदनसहित आफूले गरेको काम कारबाही सम्बन्धी प्रतिवेदन तयार गरी आयोग समक्ष पेश गर्नु पर्नेछ ।
(५) आयोगले उपदफा (४) बमोजिम पेश भएको वार्षिक प्रतिवेदनको अध्ययन गरी अनुमतिपत्र प्राप्त व्यक्तिलाई आवश्यक निर्देशन दिन सक्नेछ ।
(६) उपदफा (४) बमोजिम पेश भएको वार्षिक प्रतिवेदनको सारांश अनुमतिपत्र प्राप्त व्यक्तिले सार्वजनिक गर्नु पर्नेछ ।