नियम १६
वार्षिक प्रतिवेदन
: (१) स्थानीय विपद्‌ व्यवस्थापन समितिले- प्रत्येक आर्थिक वर्षमा गरेको कामको विवरणसहितको वार्षिक प्रतिवेदन तयार गरी आर्थिक वर्ष समाप्त भएको बीस दिनभित्र जिल्ला विपद्‌ व्यबस्थापन समिति र प्रदेश विपद्‌ व्यवस्थापन समिति समक्ष पेश गर्नु पर्नेछ ।

(२) जिल्ला विपद्‌ व्यवस्थापन समितिले प्रत्येक आर्थिक वर्षमा आफूले गरेको र जिल्लाभित्रका स्थानीय विपद्‌ व्यवस्थापन समितिबाट भएका कामको एकमृष्ट वार्षिक प्रतिवेदन तयार गरी आर्थिक वर्ष समाप्त भएको चालीस _दिर्नभित्र प्रदेश विपद्‌ व्यवस्थापन समिति समक्ष पेश गर्नु पर्नेछ ।

(३) प्रदेश विपद्‌ व्यवस्थापन समितिले प्रत्येक आर्थिक वर्षमा आफूले गरेको र प्रदेशभित्रका जिल्ला विपद्‌ व्यवस्थापन समिति र स्थानीय विपद्‌ व्यवस्थापन समितिबाट भएका कामको एकमुष्ट वार्षिक प्रतिवेदन तयार गरी आर्थिक वर्ष समाप्त भएको साठी दिनभित्र प्राधिकरण मार्फत परिषद्‌ समक्ष पेश गर्नु पर्नेछ ।

(४) प्राधिकरणले. प्रत्येक आर्थिक वर्षमा आफूले गरेका कामहरुको वार्षिक प्रतिवेदन तयार गरी आर्थिक वर्ष समाप्त भएको साठी दिनभित्र कार्यकारी समिति मार्फत परिषद्‌ समक्ष पेश गर्नु पर्नेछ ।

५) प्राधिकरणले उपनियम (३) र (४) बमोजिमका वार्षिक प्रतिवेदन सार्वजनिक गर्नु पर्नेछ ।