दफा ५५
वार्षिक प्रतिवेदन
(१) विश्वविधालय परिषद्ले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र विश्वविद्यालयले वर्षभरिमा गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन विश्वविधालय अनुदान आयोगमा पेश गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदनमा खुलाउनु पर्ने विषयहरू तोकिए बमोजिम हुनेछ।
(३) उपदफा (१) बमोजिमको प्रतिवेदन प्राप्त भएपछि विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयको उपलब्धि, विश्वविद्यालय र अनुदान आयोगबीच अनुदान निर्धारणको क्रममा गरिएको सहमति बमोजिम विश्वविधालयको लक्ष्यको तुलनामा आधारित विश्लेषणात्मक विवरण सहितको विश्वविद्यालयको प्रतिवेदन मन्त्रालयमा पेश गर्नु पर्नेछ।