दफा ४
वासलात श्रम कार्यालयमा पठाउनु पर्ने
(१) प्रत्येक प्रतिष्ठानको व्यवस्थापकले त्यस्तो प्रतिष्ठानको वासलात तथा नाफा नोक्सानीको विवरण कम्पनी ऐन, २०२१ बमोजिम तयार गरी आर्थिक वर्ष समाप्त भएको ६ महीनाभित्र श्रम कार्यालयमा पठाउनु पर्छ ।
(२) उपदफा (१) बमोजिम पेश गरेको वासलात तथा नाफा नोक्सानीको विवरण झुठ्ठा छ भन्ने प्रमाण सहित उजूरी परेमा कम्पनी ऐन, २०२१ बमोजिम सम्बन्धित विभागलाई भए सरहको कैफियत तलब र जाँच गर्नेसम्बन्धी सबै अधिकार श्रम कार्यालयले प्रयोग गर्न सक्नेछ।