दफा १०
विकास क्षेत्रको जग्गाको छानबीन
कमिशनले विकास क्षेत्रको जग्गाका सम्बन्धमा देहाय बमोजिम जाँचबुझ गरी देहायबमोजिम ठहरेमा कमिशनले त्यस्तो जग्गा जफत गर्न सक्नेछ –
(क) नियम बमोजिम जग्गा प्राप्त नगरेकोमा,
(ख) नियमबमोजिम जग्गा प्राप्त गरेको भए नियमद्वारा निर्धारित शर्तहरू पालन नगरेकोमा,
तर त्यस्तो जग्गा नेपाल सरकारले जफत हुँदाको बखत जस्को भोग चलनमा छ सो व्यक्तिलाई प्रचलित नेपाल कानुनबमोजिम भोग चलनसम्म गर्न दिन सक्नेछ ।