दफा २०
विकास सहायता समन्वय तथा सहजिकरण समिति
विकास सहायताद्वारासञ्चालित पुनर्निर्माण सम्बन्धी कार्यक्रमलाई प्रभावकारी र पारदर्शी बनाउन र त्यस्तो कार्यक्रमको अनुगमन गर्न, गराउन परिषद्ले प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरु र नागरिक समाजकोसमेत प्रतिनिधित्व हुने गरी बढीमा एघार सदस्य रहेको एक विकास सहायता समन्वय तथा सहजिकरण समिति गठन गर्नेछ ।