दफा १३
विज्ञ सम्बन्धी व्यवस्था
(१) राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो पदीय काममा सहयोग
पुर्याउन बढीमा क्रमशः सात र पाँच जना विज्ञ नियुक्त गर्न सक्नेछन् ।
(२) उपदफा (१) बमोजिम नियुक्त हुने विज्ञले पाउने मासिक पारिश्रमिक तथा
सुविधा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ ।
(३) यो ऐन प्रारम्भ हुँदाका बखत राष्ट्रपति र उपराष्ट्रपतिले नियुक्त गरेका विज्ञ यसै
ऐन बमोजिम नियुक्त गरेकोे मानिनेछ ।