दफा २७
विज्ञापन तथा प्रचार प्रसार गर्न नहुने
(१) अङ्ग उपलब्ध गराउन सकिने वा अङ्ग आवश्यक भएको भन्ने बारेमा कसैले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संचार माध्यमबाट विज्ञापन तथा प्रचार प्रसार गर्न गराउन हुँदैन ।तर अङ्ग प्रत्यारोपण सम्बन्धी प्राविधिक ज्ञान दिने दिलाउने उद्देश्यले तत्सम्बन्धी सूचनाहरु प्रवाह गर्न यस दफाले कुनै बाधा पु¥याएको मानिने छैन ।
(२) उपदफा (१) विपरीत विज्ञापन प्रकाशन गर्ने सन्चार संस्था, प्रकाशक र सम्पादक तथा प्रसारण गर्ने संस्था र प्रसारकलाई तोकिएको अधिकारीले पच्चीस हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम तोकिएको अधिकारीले गरेको जरिबाना उपर चित्त नबुझ्नेले त्यस्तो जरिवाना भएको थाहा पाएको मितिले ३५ दिनभित्र पुनरावेदन अदालत समक्ष पुनरावेदन दिन सक्नेछ ।