नियम १४
विज्ञापन प्रकाशन गर्दा खुलाउनु पर्ने विवरण
ऐनको दफा १६ बमोजिम विज्ञापन प्रकाशन गर्दा देहायको विवरण खुलाउनु पर्नेछः–
(क) विभागबाट पूर्व स्वीकृति लिएको मिति र पत्र संख्या,
(ख) इजाजपत्रवालाको नाम, ठेगाना र इजाजतपत्र नम्बर,
(ग) रोजगारदाता मुलुक तथा रोजगारदाता संस्थाकोे नाम र ठेगाना,
(घ) कामदारको पद,
(ङ) कामदारको माग संख्या,
(च) कामदारले गर्नु पर्ने कामको विवरण,
(छ) कामदारको आवश्यक न्यूनतम योग्यता,
(ज) कामदारले पाउने आवास तथा खाना सुविधा सम्बन्धी व्यवस्था,
(झ) कामदारले पाउने मासिक पारिश्रमिक,
(ञ) कामदारले गर्नु पर्ने दैनिक तथा साप्ताहिक कामको अवधि,
(ट) दरखास्त बुझाउनु पर्ने स्थान र अन्तिम मिति,
(ठ) कामदारको बीमा तथा स्वास्थ्य सुविधा सम्बन्धी व्यवस्था,
(ड) कामदार रोजगारमा जाँदा आउँदा लाग्ने हवाई टिकट खर्च सम्बन्धी व्यवस्था,
(ढ) कामदारले तिर्नु पर्ने सेवा शुल्क, प्रवद्र्धन खर्च समेतको कूल खर्च,
(ण) कामदार छनौट गर्ने तरिका, मिति र स्थान,
(त) ऐनको दफा ९ बमोजिम महिला, दलित, आदिवासी जनजाति, उत्पीडित वर्ग, पिछडिएको क्षेत्र तथा वर्ग एवं दुर्गम क्षेत्र तथा दैवीप्रकोप पीडित व्यक्तिलाई नेपाल सरकारले तोके बमोजिमको संख्यामा आरक्षण प्रदान गरिएको संख्या,
(थ) विभागले तोकेका अन्य कुराहरू ।