दफा ४९
विज्ञापन प्रकाशन नगरेमा हुने सजाय
:(१) कुनै इजाजतपत्रवालाले दफा १६ बमोजिम विज्ञापन प्रकाशन नगरेमा वा विभागको स्वीकृति विना विज्ञापन प्रकाशन गरेमा विभागले त्यस्तो इजाजत पत्रवालालाई पचास हजार रुपैयाँ जरिबाना गरी त्यस्तो विज्ञापन रद्द गर्न लगाउने छ ।
(२) विज्ञापन प्रकाशन गर्दा दफा १५ बमोजिम प्राप्त स्वीकृति अनुसार खुलाउन पर्ने विवरण नखुलाएमा विभागले पुन सच्याई विज्ञापन प्रकाशन गर्न लगाउनेछ ।