दफा
वित्तीय अनुशासन सम्बन्धी व्यवस्था
(१) प्रदेश तथा स्थानीय तहले सङ्कलन गरेको राजस्व र यस ऐन तथा प्रचलित कानून बमोजिम प्राप्त गरेको राजस्व बाँडफाँट तथा वित्तीय हस्तान्तरण बापतको रकम कानून बनाई खर्च गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिम कानून बनाउँदा देहायका विषयलाई पालना हुने गरी बनाउनु पर्नछः-;

(क) नेपाल सरकारको आर्थिक र वित्तीय नीति अनुशरण गर्ने,

(ख) सबै आय आफ्नो सञ्चित कोषमा दाखिल गर्ने,

(ग) अनुदानको रकम जुन प्रयोजनको लागि प्रा भएको हो सोही प्रयोजनमा मात्र खर्च गर्ने,

(घ) पुँजीगत खर्चतर्फ विनियोजित रकम चालू खर्चमा रकमान्तर नगर्ने,

(ङ) आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ तथा अन्य प्रचलित सङ्घीय कानूनले निर्दिष्ट गरे बमोजिमको आय व्ययको वर्गीकरण, लेखाङ्कन तथा प्रतिवेदन प्रणाली लागू गर्ने।

(३) यस ऐन बमोजिम विनियोजन भएको रकम खर्च गर्ने सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालयले आवश्यक मार्गदर्शन जारी गर्न सक्नेछ।