दफा ५२
विदेशी मुद्राको दाबी
: यस ऐनबमोजिम विदेशी मुद्रामा भएको ऋण वा अन्य दायित्वको
दाबीलाई कम्पनी खारेजी, दामासाही वा त्यसको पुनर्संरचनाका लागि अदालतमा निवेदन गरेको मितिमा नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको विनिमय दर अनुसार नेपाली मुद्रामा हिसाब गरी भुक्तानी गर्नु पर्नेछ ।