नियम
विदेशी लगानी मूल्याङ्कन र कर निर्धारण

(१) विदेशी लगानीको मूल्याङ्कन गर्दा करदाताले पेश गरेको बजार भाउ र किराया दर (रेण्टल भ्यालु) बारे आवश्यक परेमा सम्बन्धित मुलुकसँग लेखापढी गरी सकेसम्म उक्त दरभाउ प्रमाणित गराई त्यसको आधारमा कर अधिकृतले त्यस्ता विदेशी लगानीको मूल्याङ्कन अनसूची २ बमोजिम गर्नेछ ।
(२) कर अधिकृतले उपनियम (१) बमोजिम कुनै विदेशी लगानीको मूल्याङ्कन गरी सकेपछि सोही मूल्याङ्कन बमोजम विदेशी लगानी करको अङ्क निर्धारण गर्नेछ र विदेशी लगानी कर निर्धारण आदेशमा विदेशी लगानी कर कसरी निर्धारित गरिएको छ, छोटकरीमा त्यसको विवरण दिनेछ ।