नियम ६
विदेशी लगानीको मूल्याङ्कन र विदेशी कर निर्धारण गर्दा विचार राख्नु पर्ने कुरा
कर अधिकृतले ऐनको दफा ७ अन्तर्गत कुनै व्यक्तिको विदेशी लगानीको मूल्याङ्कन र त्यसमा विदेशी लगानी करको निर्धारण गर्दा निम्नलिखित कुराहरूको विचार राख्नु पर्छ :–
(क) कर इन्स्पेक्टर वा अरू कसैद्वारा गोप्य प्रतिवेदन परेको भए सो प्रतिवेदन,
(ख) कर इन्सपेक्टर वा अरू कसैद्वारा प्राप्त त्यस्ता विदेशी लगानीको लगत विवरण वा सरजमीन मुचुल्का, र
(ग) कर अधिकृतले ठानेको अन्य कुनै उचित आधार ।