दफा ५
विदेशी लगानीको मूल्याङ्कन
विदेशी लगानीमा प्रचलित ऐनबमोजिम लाग्ने विदेशी लगानीको करको प्रयोजनको निमित्त त्यस्तो लगानीको मूल्याङ्कन कर अधिकृतले देहायको आधारमा गर्नेछ :–
(क) सेक्युरिटी, शेयर, बैंक एकाउण्ट र यस किसिमको नगदी जिन्सी लगानीको मोल आर्थिक वर्ष शुरु हुने दिनको बजार भाउ बमोजिम गरिनेछ । बजार भाउ ननिक्लेकोमा अङ्कित मूल्यबमोजिम कायम गरिनेछ ।
(ख) घर जग्गाको मोल तत् स्थानको किराया दर (रेन्टल भ्यालु) को आधारमा कायम गरिनेछ ।