दफा
विदेशी विनिमय कारोबार गर्ने प्रक्रिया

(१) कसैले पनि बैङ्कको स्वीकृति नलिई
इजाजतपत्र प्राप्त व्यक्तिसँग बाहेक अरू व्यक्तिसँग विदेशी विनिमय कारोबार गर्न हुदैन ।
(२) इजाजतपत्र प्राप्त व्यक्ति वा अरू जुनसुकै व्यक्तिले बैङ्कले तोकिदिएको सटही
दरमा फरक पारी नेपाली मुद्रा दिई विदेशी मुद्रा लिन र विदेशी मुद्रा दिई नेपाली मुद्रा लिने
गरी विदेशी विनिमयको कारोबार गर्न हुँदैन ।
(३) कुनै व्यक्तिले कुनै खास उद्देश्यको लागि वा कुनै शर्तमा विदेशी विनिमय प्राप्त
गरेको भए सो व्यक्तिले त्यस्तो विदेशी विनिमय अन्य काममा लगाउन वा उक्त शर्त
उल्लङ्घन गर्नु हुँदैन । त्यसरी प्राप्त गरेको विदेशी विनिमय सम्बन्धित काममा लगाउन
नसकिने भएमा वा सो शर्त पूरा गर्न नसकिने भएमा निजले आफूलार्ई सो कुराको जानकारी
भएको मितिले तीस दिनभित्र इजाजतपत्र प्राप्त व्यक्ति वा बैङ्कलार्ई त्यस्तो विदेशी विनिमय
बैङ्कद्वारा निर्धारित दरमा विक्री गर्नुपर्नेछ ।

(४) कुनै व्यक्तिले नेपाल ………… भित्र कुनै वस्तु आयात गर्नको लागि विदेशी
विनिमय प्राप्त गरेकोमा निजले मनासिव माफिकको अवधिभित्र त्यस्तो वस्तु आयात नगरेमा
वा त्यसरी प्राप्त गरेको विदेशी विनिमयको मूल्य बराबरको वस्तु आयात नगरेमा निजले
त्यसरी प्राप्त गरेको विदेशी विनिमय सो काममा लगाउन नसकेको वा सो शर्त पूरा गर्न
नसकेको मानिनेछ ।