दफा १८ख
विदेशी विनिमयसँग सम्बन्धित कागजातको प्रतिलिपि प्रमाणित गराउने
(१) यस ऐन बमोजिमको कसूरको सिलसिलामा कब्जामा लिइएको विदेशी विनिमय वा सोसँग सम्बन्धित
विवरणलार्ई अनुसन्धान अधिकारीले प्रतिलिपि वा फोटोकपी बनाई प्रमाणित गराई राख्नुपर्नेछ ।
(२) प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिम
प्रमाणित गराई राखेको विदेशी विनिमय वा सोसगँ सम्बन्धित विवरणको प्रतिलिपि वा
फोटोकपीलार्ई यस ऐन बमोजिमको कसूर सम्बन्धी मुद्दामा प्रमाण स्वरूप पेश गर्न सकिनेछ ।