नियम ५०
विद्युत लाइनको दायाँ बायाँ हुनु पर्ने फरक

(१) विद्युत प्रसारण तथा वितरणको लाइन लैजाुन पर्दा घर वा रुखबाट अनुसूची –१३ मा उल्लेखित दूरीभन्दा कम दूरीमा लैजानु हुँदैन ।
(२) ३३,००० भोल्ट भन्दा बढी भोल्टको लाइन लैजानु आवश्यक भएमा अनुसूची –१३ मा उल्लेखित ३३,००० भोल्टको लागि तोकिएको न्यूनतम दूरीमा प्रत्येक ३३,००० भोल्टको लागि ०.३०५ मिटर थप गरी लैजानु पर्नेछ ।