दफा १०
विद्युतीय अभिलेख उत्पत्तिकर्ताको मानिने
(१) देहायका कुनै अवस्थामा कुनै खास विद्युतीय अभिलेख कुनै उत्पत्तिकर्ताको हो भनी मानिनेछः–
(क) उत्पत्तिकर्ता आफैले त्यस्तो विद्युतीय अभिलेख सम्प्रेषण गरेको भएमा,
(ख) त्यस्तो विद्युतीय अभिलेखको सम्बन्धमा आवश्यक कार्य गर्न उत्पत्तिकर्ताको तर्पmबाट अख्तियारी प्राप्त गरेको व्यक्तिले त्यस्तो विद्युतीय अभिलेख सम्प्रेषण गरेको भएमा,
(ग) उत्पत्तिकर्ता वा निजको तर्पmबाट स्वचालित रुपमा सञ्चालन हुने गरी कार्यक्रम बनाइएको कुनै सूचना प्रणालीबाट त्यस्तो विद्युतीय अभिलेख सम्प्रेषण गरिएको भएमा ।
(२) उपदफा (१) बमोजिम सम्प्रेषण गरिएको विद्युतीय अभिलेखको सम्बन्धमा तोकिए बमोजिमको अवस्था विद्यमान भएमा प्रापकले त्यस्तो कुनै विद्युतीय अभिलेख कुनै खास उत्पत्तिकर्ताको हो भन्ने कुुरा मानी सोही आधारमा तत्सम्बन्धी कार्य गर्ने अधिकार प्राप्त गर्नेछ ।