नियम २१
विद्युतीय अभिलेख राख्न सक्ने

(१) आयोगले दलको विधान, नियमावली, घोषणापत्र तथा पदाधिकारीको विवरण विद्युतीय माध्यममा अभिलेख गरी राख्न सक्नेछ ।
(२) दलले नियम ३, ५, ७ तथा ८ बमोजिमको विवरण आयोगमा पेश गर्दा दलको विधान, नियमावली, दलको घोषणापत्र तथा केन्द्रीय पदाधिकारी र सदस्यको विवरण समावेश भएको विद्युतीय प्रति समेत पेश गर्नु पर्नेछ ।