दफा ४२
विनियम बनाउन सक्ने
: (१) आयोगले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रहीे देहायका विषयमा विनियम बनाई लागू गर्न सक्नेछ ः-
(क) कर्मचारीको नियुक्ति, काम, कर्तव्य, अधिकार, योग्यता, पारिश्रमिक, सुविधा तथा सेवाको शर्त सम्बन्धमा,
(ख) विवाद समाधानको लागि दिइने उजुरी तथा त्यस्तो उजुरी कारबाही र किनारा गर्ने कार्यविधि सम्बन्धमा,
(ग) आयोगको आन्तरिक कार्य सञ्चालन सम्बन्धी अन्य आवश्यक विषयमा ।
(२) उपदफा (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि आयोगले कर्मचारीको नियुक्ति, पारिश्रमिक, सेवा शर्त तथा सुविधा र नेपाल सरकारलाई थप आर्थिक दायित्व पर्ने विषयमा विनियम बनाउँदा अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।