दफा ६२
विनियम बनाउन सक्ने
(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमको अधीनमा रही वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय, वेयर हाउस सञ्चालन तथा कारोबारलाई नियमन तथा व्यवस्थित गर्न बोर्डले आवश्यक विनियमहरु बनाई लागू गर्न सक्नेछ ।
(२) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही अनुमतिपत्र प्राप्त संस्थाले बोर्डको स्वीकृति लिई देहायका विषयहरुमा आवश्यक विनियमहरु बनाउन सक्नेछः–
(क) सूचीकरण, कारोबार सञ्चालन तथा कारोबार प्रणाली,
(ख) वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसायी, राफसाफ तथा फस्र्यौट व्यवसायी तथा वेयर हाउसको सदस्यता, सदस्यता शुल्क, सदस्यको व्यावसायिक मर्यादा तथा सदस्यता निलम्बन तथा खारेजी,
(ग) वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय तथा वेयर हाउसको सञ्चालन तथा लगानीकर्ताको हितका लागि अन्य आवश्यक व्यवस्था गर्ने,
(घ) वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसायी, राफसाफ तथा फस्र्यौट व्यवसायी तथा वेयर हाउसका कर्मचारीको सेवाका शर्त तथा सुविधा र आचरण ।