दफा ७०
विनियम, निर्देशिका तथा कार्यविधि बनाउन सक्ने
(१) कोषले आर्थिक तथा प्रशासनिक कार्य सञ्चालन
गर्नको लागि आर्थिक तथा कर्मचारी प्रशासन सम्बन्धी विनियमहरु बनाउन सक्नेछ ।
(२) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली वा विनियमावलीकोअधीनमा रही कोषले
आवश्यकता अनुसार निर्देशिका तथा कार्यविधिहरु बनाउन सक्नेछ ।
(३) उपदफा (१) बमोजिमको विनियम वा उपदफा (२) बमोजिमको निर्देशिका वा कार्यविधिहरु
मन्त्रालयबाट स्वीकृत भएपछि लागूहुनेछन्।