नियम १३
विपद्मा परी हराएका वा नष्ट भएका कागजातको प्रमाणीकरण गर्ने तथा प्रतिलिपि उपलब्ध गराउने
: (१) विपद्मा हराई फेला पर्न नसकेको वा आंशिक वा पूर्ण रुपमा क्षति भएको महत्वपूर्ण कागजातको प्रतिलिपि फेला परेमा र सो प्रतिलिपि स्थानीय विपद्‌ व्यवस्थापन समितिको सिफारिसमा स्थानीय तहले प्रमाणित _गरेमा सम्बन्धित निकायले सोको अभिलेख राखी प्रचलित कानून बमोजिम नयाँ प्रतिलिपि कागजात बनाई दिनु पर्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै क्रा लेखिएको भए तापनि कुनै कागजातको प्रमाणित प्रतिलिपि नभएको अवस्थामा सरकारी निकायबाट जारी भएको अन्य कनै कागज प्रमाणको आधारमा स्थानीय विपद्‌ व्यवस्थापन समितिको सिफारिसमा सम्बन्धित निकायले त्यस्तो कागजात प्रमाणीकरण गर्न वा प्रतिलिपि प्रमाणित गरी दिन सक्नेछ ।

(३) उपनियम (१) बमोजिम हराएका वा नष्ट भएका कागजातहरुको प्रतिलिपि कनै सरकारी निकाय, सङ्घ संस्था वा व्यावसायिक प्रतिष्ठानमा _ रहेको भएमा सम्बन्धित व्यक्ति वा संस्थाले त्यस्तो प्रतिलिपि: माग गर्न सक्नेछ र सोको प्रतिलिपि दिनु सम्बन्धित निकायको कर्तव्य हुनेछ ।