दफा १२
विफर उत्पन्न गर्ने औषधि प्रयोग गर्न मनाही

खोप्दा खोप्ने व्यक्तिले विफर उत्पन्न गर्ने औषधि प्रयोग गर्न हुँदैन र कुनै व्यक्तिलाई विफर उत्पन्न गर्ने औषधि दिइएमा निजले त्यस्तो औषधि लिएको चालीस दिन ननाघी तोकिएको अधिकारीले निजबाट अरुलाई विफर आउने सम्भावना छैन भनी प्रमाणपत्र नदिएसम्म अरु व्यक्तिसंग रहनु वा व्यक्ति भएको ठाउँमा बस्नु हुँदैन ।