दफा १९
विभागको काम, कर्तव्य र अधिकार
: यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त विभागको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी व्यवसाय सञ्चालन गर्न इजाजतपत्र प्रदान गर्ने,
(ख) इजाजतपत्रवालाको अनुगमन तथा निरीक्षण गर्ने,
(ग) वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धमा उपभोक्ताको गुनासो सुन्ने र सम्बोधन गर्ने,
(घ) अनुचित व्यावसायिक क्रियाकलाप गर्ने इजाजतपत्रवालालाई कारबाही गर्ने,
(ङ) वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी व्यवसायको सम्बन्धमा सर्वसाधारणलाई विभिन्न माध्यमद्वारा जानकारी गराउने,
(च) तोकिए बमोजिमका अन्य कार्य गर्ने ।