नियम १२
विभागीय कारबाहीको लागि सिफारिस गर्ने

(१) बजार संरक्षण अधिकृतले ऐन तथा यस नियमावली बमोजिम कुनै काम कारबाही गर्दा कुनै व्यक्ति वा प्रतिष्ठानलाई दुखः वा हैरानी दिने उद्देश्यले जानीजानी वा वदनियतपूर्वक कुनै काम कारबाही गरेको देखिन आएमा बोर्डले त्यस्तो बजार संरक्षण अधिकृतलाई प्रचलित कानुन बमोजिम विभागीय कारबाही गर्नको लागि अख्तियारवाला समक्ष लेखि पठाउनु पर्नेछ ।

(२) उपसमितिका सदस्यले उपनियम (१) बमोजिमको काम गरेमा र त्यस्ता सदस्य सरकारी वा सार्वजनिक संस्थाको कर्मचारी भएमा त्यस्तो कर्मचारी उपर विभागीय कारबाही गर्नको लागि  कारबाही गर्नको लागि बोर्डले अख्तियारवाला समक्ष लेखि पठाउनु पर्नेछ । बोर्डले अख्तियारवाला समक्ष लेखि पठाउनु पर्नेछ ।