दफा १३
विभागीय कारवाही हुने
यो ऐन अन्तर्गत स्थानीय अधिकारीले जारी गरेको आदेश बदनियत साथ जारी गरेको ठहरिएमा वा दफा ३ को उपदफा ३.१क. बमोजिम नजरबन्दमा रहेको व्यक्तिको स्थितिको बारेमा निजको परिवारको सदस्य वा नजिकको नातेदारलाई जानकारी नदिएमा त्यस्तो अधिकारीलाई विभागीय कारवाही भई सजाय हुनेछ ।