नियम ९९
विभागीय जाँचबुझ गराउनु नपर्ने
देहायको अवस्थामा विभागीय सजाय गर्न जाँचबुझ गराइ रहनु पर्ने छैन ः-
(क) ऐनको दफा ८१ को खण्ड (क) बमोजिमको सामान्य सजाय गर्नु परेमा ।
(ख) भागी पत्ता नलागेको वा अरू कुनै कारणले सम्पर्क स्थापित गर्न असम्भव भएको कर्मचारीलाई विभागीय सजाय गर्नु परेमा ।
(ग) नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट अपराधी प्रमाणित भएको आधारमा कर्मचारीलाई विभागीय सजाय दिनु परेमा ।
(घ) भ्रष्टाचारको आरोपमा अदालतबाट कसुरदार ठहरिएको कर्मचारीलाई विभागीय सजाय गर्नु परेमा ।