नियम ३१
विभागीय प्रमुखको अधिकार प्रयोग गर्ने
(१) विभागीय प्रमुख बिरामी भई वा अन्य कुनै कारणले छोटो अवधिको लागि अनुपस्थित भएमा सचिवालय सचिवले विभागीय प्रमुखको निमित्त जनाइ सचिवालयको दैनिक कार्य सञ्चालन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको अवस्थामा सचिवालय सचिव पनि अनुपस्थित रहेमा सचिवालयको वरिष्ठतम कर्मचारीले विभागीय प्रमुखको निमित्त जनाइ दैनिक कार्य सञ्चालन गर्न सक्नेछ ।
(३) विभागीय प्रमुखको पद रिक्त रहेको अवस्थामा अर्को व्यक्ति नियुक्त नभएसम्मको अवधिको लागि उपनियम (१) वा (२) बमोजिमका पदाधिकारी वा कर्मचारीले सचिवालयको नगदी मौज्दात, सचिवालयको छाप, कागजपत्र र दैनिक काम चलाउनका लागि चाहिने जिन्सी समेत जिम्मा लिई निमित्त भई कार्य सञ्चालन गर्नु पर्नेछ ।
(४) उपनियम (१) वा (२) बमोजिम निमित्त भई काम गरेकोमा सो कामप्रति निज निमित्त हुने पदाधिकारी वा कर्मचारी नै उत्तरदायी हुनेछ ।