दफा ३६
विभिन्न कसूर बापत भएको कैद सजायको कार्यान्वयन
: (१) कैदको सजाय पाई कैद सजाय: भोगिरहेको व्यक्तिलाई एकभन्दा बढी कसूर बापत कैद सजाय गर्नु पर्दा देहाय बमोजिम कैद सजाय गरी फैसला कार्यान्वयन गर्नु पर्नेछ
(क) पहिले भएको फैसला बमोजिमको कैदको सजायको अवधि पछिल्लो
फैसला बमोजिमको कैदको सजायको अवधिभन्दा बढी वा बराबर भएमा पहिले भएको फैसलाको कैदको सजाय कार्यान्वयन गर्नु पर्नेछ ।
(ख) पछि भएको कैदको सजायको अवधि पहिलेको कैदको सजायको
अवधिभन्दा बढी भएमा पछिल्लो कैदको सजायको अवधि जति बढी हुन्छ सोही अवधिसम्म कैद थप गर्नु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कसूरमा कैदको सजाय पाएको व्यक्तिले त्यस्तो सजाय भुक्तान नहुँदै निजलाई अर्को कसूर बापत कैदको सजाय भएमा पहिले भएको कैदको अवधि भुक्तान भएपछि गणना हुने गरी पछि भएको कैदको सजाय कार्यान्वयन गर्नु पर्नेछ ।
(३) एउटै मुद्दामा एउटै व्यक्तिलाई प्रचलित कानून बमोजिम विभिन्न कसूर बापत विभिन्न कैदको सजाय भएकोमा त्यस्तो सजायमध्ये सबैभन्दा बढी कसूरको कैदको सजाय मात्र कार्यान्वयन गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम तोकिएको कैदको सजाय बराबर भएमा त्यस्तो सजायमध्ये कुनै एउटा मात्र सजाय कार्यान्वयन गर्नु पर्नेछ ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पटके कसूरदारका सम्बन्धमा वा एकीकृत कसूरका सम्बन्धमा कानूनमा छुट्टै सजाय तोकिएको रहेछ भने सोही सजाय कार्यान्वयन हुनेछ ।