नियम ४९ख
विवरण उपलब्ध गराउनुपर्ने
इजाजतपत्रवालाले ऐनको दफा ९ को उपदफा (२) बमोजिम नेपाल सरकारले तोकेको संख्यामा वैदेशिक रोजगारमा पठाएका महिला, दलित, आदिवासी, जनजाति, उत्पीडित वर्ग, पिछडिएको क्षेत्र तथा वर्ग एवं दुर्गम क्षेत्रका
व्यक्तिको विवरण प्रत्येक छ महिनामा विभागलाई उपलब्ध गराउनु पर्नेछ ।