दफा २८
विवरण गोप्य राख्नु पर्ने
(१) बैङ्कले यस ऐन बमोजिम संस्थाको अनुगमन, नियमन तथा निगरानी गर्ने सिलसिलामा कुनै संस्थाबाट प्राप्त जानकारी, तथ्याङ्क, विवरण, सूचना तथा अभिलेख प्रचलित कानूनको अधीनमा रही गोप्य राख्नु पर्नेछ।
(२) संस्थाले संस्था र सेवाग्राही बीचको सम्बन्ध, संस्थाको हिसाब किताब, बहीखाता, स्रेस्ता र लेखाको विवरण सम्बन्धित व्यक्ति बाहेक अन्य कसैलाई उपलब्ध गराउनु हुँदैन।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा कुनै जानकारी, तथ्याङ्क, विवरण, सूचना तथा अभिलेख उपलब्ध गराएमा गोपनीयता भङ्ग गरेको मानिने छैनः–
(क)   संस्थाको निगरानीको सिलसिलामा बैङ्कलाई उपलब्ध गराएमा,
(ख)   मुद्दा वा कानूनी कारबाहीको सिलसिलामा अदालतलाई उपलब्ध गराएमा,
(ग)   कानून बमोजिम अधिकार प्राप्त अनुसन्धान, तहकिकात, जाँचबुझ वा अभियोजन गर्ने अधिकारीलाई तहकिकात, जाँचबुझ वा अभियोजनको सिलसिलामा उपलब्ध गराएमा,
(घ)   लेखापरीक्षणको सिलसिलामा सम्बन्धित लेखापरीक्षकलाई उपलब्ध गराएमा।