दफा ७
विवरण दाखिल नगर्ने व्यक्तिको सम्बन्धमा विदेशी लगानीको मूल्यांकन र विदेशी लगानी करको निर्धारण
दफा ४ को उपदफा (१) वा (३) बमोजिम विवरण दाखिल गर्नु पर्ने कर्तव्य भएको कुनै व्यक्तिले त्यस्तो विवरण दाखिल नगरे नगराएमा वा झुट्टा विवरण दाखिल गरे गराएमा वा अधूरो विवरण दाखिल गरे गराएमा दफा ५ र दफा ६ को अधीनमा रही सो व्यक्तिको विदेशी लगानीको मूल्याङ्कन र करको निर्धारण कर अधिकृतले यथाशक्य न्यायोचित अनुमानबाट गर्न सक्नेछ ।