दफा ४७
विवरण परिवर्तन गर्न सक्ने
: (१) कसैले इजाजतपत्रमा उल्लिखित कुनै सामान्य विवरण परिवर्तन गर्न चाहेमा तोकिए बमोजिमको दस्तुर सहित तोकिए बमोजिमको ढाँचामा विभागमा निवेदन दिनु पर्नेछ ।
स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “सामान्य विवरण” भन्नाले कम्पनी वा सञ्चालकको नाम, ठेगाना, सम्पर्क नम्बर जस्ता कुरालाई जनाउँछ ।
(२) उपदफा (१) बमोजिम विवरण परिवर्तन सम्बन्धमा दिएको निवेदनको व्यहोरा मनासिब देखिएमा विभागले निवेदन बमोजिमको विवरण परिवर्तन गर्न सक्नेछ ।