नियम १६
विवरण पेश गर्न लगाउन वा सोधपुछ गर्न सक्ने
(१) नियम १५ बमोजिम खटिएको प्राविधिक परीक्षकले प्राविधिक परीक्षण गर्ने सिलसिलामा आयोजना प्रमुखलाई आवश्यक कागजात वा विवरण पेश गर्न लगाउन वा त्यस्तो प्रमुख वा आयोजनासँग सम्बन्धित अन्य कर्मचारी वा व्यक्तिको लिखित स्पष्टीकरण लिन वा सोधपूछको लागि निजलाई केन्द्र समक्ष उपस्थित गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम आयोजनाको प्रमुख वा अन्य कुनै कर्मचारी वा व्यक्ति उपस्थित नभएमा केन्द्रले निजलाई उपस्थित गराउनको लागि सम्बन्धित निकाय समक्ष लेखी पठाउन सक्नेछ।
(३) उपनियम (२) बमोजिम लेखी आएमा सम्बन्धित निकायले समेत त्यस्तो आयोजनाको प्रमुख वा अन्य कुनै कर्मचारी वा व्यक्तिलाई केन्द्र समक्ष उपस्थित गराउनु पर्नेछ ।