नियम २३
विवरण पेश गर्नु पर्ने
: (१) ठेकेदारले पेट्रोलियम कार्य शुरु गर्नु भन्दा कम्तीमा तीस (३०) दिन अगावै विभागमा प्रस्तावित कार्यको सम्बन्धमा देहाय बमोजिमको विवरण पेश गर्नु पर्नेछ ः-
(क) प्रस्तावित कार्यको विस्तृत कार्यक्रम ।
(ख) समय तालीका ।
(ग) त्यस्तो कार्य गरिने क्षेत्रको स्थान अङ्कित नक्शा ।
(घ) कटकेन्दारद्वारा काम गराउने भए त्यसको नाम र ठेगाना ।
(२) उपनियम (१) बमोजिम पेश गरेको विवरणमा कुनै परिवर्तन गर्न परेमा ठेकेदारले त्यस्तो परिवर्तन गर्नुभन्दा पन्ध्र (१५) दिन अगावै विभागलाई परिवर्तन गरिने कुराको विवरण पेश गर्नु पर्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिमको विवरण प्राप्त भएपछि विभागले ठेकेदारसँग थप विवरण माग गर्न सक्नेछ र त्यसरी मागिएको विवरण यथाशीघ्र विभागलाई उपलब्ध गराउनु ठेकेदारको कर्तव्य हुनेछ ।