नियम १०२
विवरण पेश गर्नु पर्ने
पुनरावलोकन समितिको अध्यक्ष तथा सदस्यले पदमा बहाल रहनु अघि खण्ड (क) र (ख) बमोजिम र पदमा बहाल भएपछि खण्ड (ग) बमोजिमको विवरण सार्वजनिक खरिद अनुगमन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेश गर्नु पर्नेछः
(क) शैक्षिक योग्यता र सम्बन्धित क्षेत्रको अनुभव लगायतका व्यक्तिगत विवरण,
(ख) कुनै व्यापार व्यवसायमा संलग्न भए सो को विवरण,
(ग) आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण पहिलो पटक पदमा बहाल भएको मितिले पैंतीस दिनभित्र र प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले साढी दिनभित्र ।