नियम १४
विवरण सच्याउने कार्यविधिः

(१) ऐनको दफा १७ को उपदफा (१) र (३) बमोजिम नेपाली नागरिकताको प्रमाणपत्रको विवरणमा उल्लिखित कुनै कुरा सच्याउन चाहने
व्यक्तिले मन्त्रालय वा प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम विवरण सच्याउन वा संशोधन गर्न निवेदन दिएमा मन्त्रालय वा प्रमुख जिल्ला अधिकारीले ऐनको दफा १७ को उपदफा (२) बमोजिम आवश्यक कुरा बुझी पहिले लिएको नागरिकताको प्रमाणपत्र खिची संशोधनसहित अर्को नागरिकताको प्रमाणपत्र दिन सक्नेछ ।