नियम
विवरण हेरफेर सम्बन्धी सूचना

(१) कुनै प्राइभेट फर्मको धनीले आफ्नो प्राइभेट फर्म रजिष्टर गराउँदा दिएको विवरणमा हेरफेर गर्न चाहेमा हेरफेर गर्नु पर्ने विवरणहरु खुलाई सोको लिखित सूचना सम्बन्धित कार्यालयमा दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लिखित सूचना प्राप्त भएमा सो सम्बन्धमा जाचबुझ गरी मनासिब देखिएमा सम्बन्धित कार्यलयले त्यस्तो विवरण हेरफेर गर्न स्वीकृति दिनेछ र आफूसँग रहेको त्यस्तो प्राइभेट फर्म सम्बन्धी विवरण संशोधन गर्नेछ ।
(३) उपनियम (२) बमोजिम विवरण संशोधन गरेमा सम्बन्धित कार्यालयले सोको जानकारी सम्बन्धित आन्तरिक राजश्व कार्यालयलाई समेत दिनु पर्नेछ ।