नियम २३
विवाद निरुपण सम्बन्धी सुनुवाईको प्रकृया
(१) दुई वा दुई भन्दा बढी दलहरुबीच वा एउटै दलका दुई वा दुई भन्दा बढी पक्षबीच उत्पन्न भएको विवाद निरुपणको सम्बन्धमा आयोगले ऐनको दफा ४५ बमोजिम सुनुवाई गर्दा आवश्यकता अनुसार प्रमाण बुझ्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रमाण बुझ्ने क्रममा आयोगले सम्बन्धित पक्षलाई आवश्यक प्रमाण पेश गर्न आदेश दिन सक्नेछ । यसरी दिएको आदेश बमोजिमको प्रमाण दाखिला गर्नु सम्बन्धित दल वा पक्षको कर्तव्य हुनेछ ।
(३) विवादको सुनुवाईको लागि तोकिएको मितिमा सुनुवाई सम्बन्धी कारबाही सम्पन्न हुन नसकेमा सुनुवाईको लागि अर्को मिति तोकी सम्बन्धित पक्षको प्रतिनिधि उपस्थित भएकोमा निजलाई जानकारी गराई सोको भरपाई गराई राख्नु पर्नेछ र त्यस्तो प्रतिनिधि उपस्थित नभएकोमा त्यस्तो पक्षलाई अर्को सुनुवाई हुने मितिको बारेमा जानकारी गराउनेछ ।
(४) उपनियम (३) बमोजिम पक्षको प्रतिनिधिलाई जानकारी गराइएकोमा त्यस्तो पक्षले सोको जानकारी पाएको मानिनेछ ।
(५) विवाद निरुपण सम्बन्धमा अपनाइने सुनवाईको अन्य प्रकृया आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।
(६) .....