दफा ४४
विवाद समाधान समिति
(१) यस ऐन बमोजिम सम्पादन हुने कुनै कामको सम्बन्धमा संस्थाहरू बीच कुनै विवाद उत्पन्न भएमा त्यस्तो विवाद समाधान गर्न देहाय बमोजिमको एक विवाद समाधान समिति रहनेछ:…
(क) सहसचिव, अर्थ मन्त्रालय …अध्यक्ष
(ख) सहसचिव, महालेखा नियन्त्रकको कार्यालय …सदस्य
(ग) बैङ्कको भुक्तानी प्रणाली विभागको कार्यकारी निर्देशक …सदस्य
(२) यस ऐन बमोजिम हुने कारोबारको सम्बन्धमा संस्थाहरूबीच कुनै विवाद उत्पन्न भएमा कुनै पक्षले उपदफा (१) बमोजिमको समिति समक्ष विवाद समाधानको लागि निवेदन दिन सक्नेछ।
(३) उपदफा (२) बमोजिम कुनै पक्षको निवेदन परेमा विवाद समाधान समितिले पन्ध्र दिनभित्र सम्बन्धित अर्को पक्षलाई झिकार्इ सुनुवाईको मौका दिई विवादको समाधान गर्नु पर्नेछ।
(४) उपदफा (३) बमोजिम विवाद समाधान समितिले गरेको निर्णय अन्तिम हुनेछ।
(५) विवाद समाधान सम्बन्धी अन्य प्रक्रिया तोकिए बमोजिम हुनेछ।