दफा ४३
विवादको समाधान
(१) यस ऐन बमोजिम संस्थाबाट सम्पादन हुने कुनै कामको सम्बन्धमा संस्था र सेवाग्राही बीचमा कुनै विवाद उत्पन्न भएमा त्यस्तो विवाद उत्पन्न भएको सात दिनभित्र सम्बन्धित संस्थाले आपसी सहमतिबाट समाधान गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको अवधिभित्र विवाद समाधान हुन नसकेमा सो व्यहोरा खुलाई पन्ध्र दिनभित्र कुनै विवादको कुनै पक्षले बैङ्कको भुक्तानी प्रणाली विभागमा विवाद समाधानको लागि निवेदन दिन सक्नेछ।
(३) उपदफा (२) बमोजिम निवेदन पर्न आएमा बैङ्कले विवादका पक्षलाई झिकार्इ सुनुवाईको मौका दिई मेलमिलापको प्रक्रिया वा अन्य प्रचलित कानून बमोजिम विवाद समाधानका उपायहरु अवलम्बन गरी विवादको समाधान गरिदिनु पर्नेछ।
(४) उपदफा (३) बमोजिम बैङ्कले गरेको निर्णय अन्तिम हुनेछ।