दफा ८
विवाह गर्दाको कार्यविधि
: (१) यो ऐन बमोजिम विवाह हुनु अघि विवाहका पक्षलाई तथा कम्तिमा तीन जना साक्षीहरुले तोकिएको ढाँचाको उद्घोषणपत्रमा सहिछाप गरी विवाह अधिकारीलाई दिनु पर्छ र विवाह अधिकारीले पनि त्यसमा सहिछाप गर्नु पर्छ ।
(२) धर्म, जाति वा कूलको रीतिथिति, परम्परा वा चलन व्यवहार अनुसार विवाहको कुनै विधि अपनाएको वा अपनाउने भए पनि वा नभए पनि यो ऐनबमोजिम विवाह भएको मान्य हुनलाई विवाहका पक्षहरुले विवाह अधिकारी र उद्घाोषणपत्रमा सही गर्ने साक्षीहरुको उपस्थितिमा एक अर्कालाई देहायबमोजिम सम्बोेधन गर्नु पर्नेछ ः-
म……तपाई÷तिमी…..लाई मेरो÷मेरा कानून बमोजिम पति÷पत्नीको रुपमा वरण÷ग्रहण गर्दछु ।