नियम
विवाहको दरखास्त
:(१) ऐन बमोजिम दर्ताद्वारा विवाह गर्न चाहने पुरुष र स्त्रीले ऐनमा तोकिएको म्याद भित्र अनुसूची–१ को ढाँचामा संयुक्त रूपमा दरखास्त लेखी सही गरी विवाह अधिकारी समक्ष पेश गर्नु पर्छ ।
(२) उपनियम (१) बमोजिम दरखास्त परेपछि विवाह अधिकारीले अनुसूची २ मा तोकिएको ढाँचाको विवाह दरखास्त किताबमा सो दरखास्त दर्ता गरी राख्नु पर्छ ।
(३) उपनियम (२) बमोजिम दरखास्त दर्ता गरेपछि विवाह अधिकारीले सो प्रस्तावित विवाह प्रचलित नेपाल कानुन विपरीत हुने देखि विवाह गराउन इन्कार गरेमा कति कारणले प्रचलित नेपाल कानुनको विपरीत हुने हो इन्कार गर्नाको कारण खुलाई दरखास्त दर्ता भएको सात दिन भित्र दरखास्त गर्ने पक्षहरूलाई लिखित सूचना दिनु पर्छ ।