दफा १९क
विशेष अनुसन्धान टोली गठन गर्न सक्ने
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि बैंकिंग कसूर सम्बन्धी मुद्दाको अनुसन्धान गर्नको लागि बैंकिंग सम्बन्धी विषयको विशेषज्ञ समेत संलग्न रहेको अनुसन्धान टोली गठन गर्न उपयुक्त हुने देखिएमा नेपाल सरकारले महान्यायाधिवक्ता, प्रहरी महानिरीषक र नेपाल राष्ट्र बैंकसँग परामर्श गरी त्यस्तो टोली गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठन भएको विशेष अनुसन्धान टोलीलाई यो ऐन वा प्रचलित कानून बमोजिम अनुसन्धान तथा तहकिकात गर्ने अधिकारीलाई भए सरहको अधिकार हुनेछ ।