दफा ४
विशेष आर्थिक क्षेत्र स्थापनाको लागि प्रस्ताव गर्ने
(१) प्राधिकरणले कुनै स्थानलाई दफा ३ बमोजिम विशेष आर्थिक क्षेत्र तोक्न उपयुक्त हुने देखेमा सो सम्बन्धमा आवश्यक सर्वेक्षण गरी सोको विस्तृत प्रतिवेदन सहित सो स्थानलाई विशेष आर्थिक क्षेत्र तोक्नको लागि नेपाल सरकार समक्ष प्रस्ताव पेश गर्नेछ ।
स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “सर्वेक्षण” भन्नाले विशेष आर्थिक क्षेत्र स्थापना गर्नको लागि उपयुक्त स्थानको यकिन गर्न गरिने सर्वेक्षण सम्झनु पर्छ र सो शब्दले विशेष आर्थिक क्षेत्रको सम्भाव्यता अध्ययन र इन्जिनियरिङ्ग डिजाइनलाई समेत जनाउँछ।
(२) उपदफा (१) बमोजिम सर्वेक्षण गर्दा प्राधिकरणले अन्य कुराको अतिरिक्त सडकको पहुँच, दूरसञ्चार सेवा, विद्युत र पानीको सुविधा, जमिनको पर्याप्तता, कामदार र कच्चा पदार्थको उपलब्धता जस्ता कुरालाई समेत आधार लिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम पेश भएको प्रस्तावको आधारमा नेपाल सरकारले त्यस्तो स्थानलार्इ विशेष आर्थिक क्षेत्र तोक्न सक्नेछ ।