दफा २१ख
विशेष कार्य गर्न कर्मचारी खटाउन सक्ने
(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै करा लेखिएको भए तापनि मन्त्रालयले सूचना जारी गरी महामारी तथा संक्रामक रोग नियन्त्रण वा स्वास्थ्य सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्ने भएमा सो कार्य सम्पन्न गर्नको लागि विशेषज्ञ चिकित्सक लगायत स्वास्थ्य सेवाका कुनै कर्मचारीलाई एक वर्षसम्मको लागि सम्बन्धित जिल्ला वा क्षेत्रमा काजमा खटाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम तीन महिनाभन्दा बढि अवधि काजमा खटिने कर्मचारीले काज खटिएको कार्यालयमा रुजु हाजिर भएमा बढुवा प्रयोजनको लागि सोहि भौगोलिक क्षेत्रको तोकिएको अङ्क पाउनेछ ।