नियम
विशेष पदको श्रृजना
(१) देहायको अवस्थामा समितिको सहमति लिई महासचिवले विशेष पद श्रृजना गर्न सक्नेछः–
(क) कुनै कर्मचारीलाई काजमा खटाउँदा सचिवालयको कामकाज गर्न नभ्याउने भएमा,
(ख) कुनै कर्मचारी तालिम, छात्रवृत्ति, सेमिनार आदिमा खटिएमा,
(ग) कुनै कर्मचारीले एक महिनाभन्दा बढी बिदा लिई बसेमा,
(घ) ऐनको दफा १८ को उपदफा (२) बमोजिम रिक्त हुने पद माग गरी पठाइएकोमा त्यस्तो पद रिक्त नहुँदै लोक सेवा आयोगबाट कर्मचारी सिफारिस भई आएमा सो पद रिक्त नहुँदा सम्मको अवस्थामा ।
(ङ) नियम १८ बमोजिम पुनसर््थापित कर्मचारीको साविकमा पदाधिकार रहेका पद वा सो सरहको कुनै पद रिक्त नहुँदासम्मको अवस्थामा ।
(२) उपनियम (१) को अवस्था विद्यमान नरहेमा त्यसरी श्रृजना भएको विशेष पद स्वतः खारेज हुनेछ ।
(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि खण्ड (क),
(ख) र (ग) को अवस्थामा कर्मचारीको नयाँ नियुक्ति गर्न पाइने छैन ।